३ असोज, काठमाडौं । ‘इमाजिन वन एसिया’ को नारासहित २० औँ एसियाली खेलकुद (एसियाड)आजदेखि शुरू हुँदैछ ।
जापानको तेस्रो ठूलो सहर नागोयामा एसियाली खेलकुदको महाकुम्भ शुरू शुन लागेको हो ।
आइची नागोया एसियाडको उद्घाटन समारोह शनिबार पालोमा मिजुहो रङ्गशालामा भएपछि आइची नागोया एसियाड आधिकारिक रूपमा प्रारम्भ हुने छ।
उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस शुरू भइसकेका छन् । यो एसियाडको समापन समारोह असोज १८ गते हुने छ।
उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ ।
जापानले उद्घाटन समारोहका लागि मात्र १० हजार प्रहरी तथा सुरक्षा बल खटाएको छ ।
एसियाका करिब १७ हजारभन्दा बढी खेलकर्मी खेल महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको आइची नागोयामा छन् । यो सङ्ख्या ओलम्पिकभन्दा पनि धेरै हो ।
नागोयाबाहेक टोकियो, सिजोका, गफु र ओसाकामा पनि केही खेल खेलाइने छ ।
नेपालले २१ खेलमा सहभागिता जनाउने छ । जसका लागि १३५ नेपाली खेलाडी जापानमा छन्
































