२ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यालयमा छापा मारेको छ ।
सीआईबीको टोलीले आज एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो ।
अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।
आर्थिक अनियमिततालगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ ।
अहिले एन्फा निलम्बनमा रहेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा० ले नेपाललाई निलम्बनमा राखेको हो ।
































