१ असोज, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३०० र चाँदीको मूल्य ६० रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा चार हजार ६२५ कायम भएको छ । बुधबार चाँदीको मूल्य चार हजार ६८५ कायम भएको थियो ।





























