Skip

Hamro Sanchar

नेपाल र बंगलादेशबीच टी-२० शृंखला हुने, बंगलादेशको टोली नेपाल  आउदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । आउँदो चैत दोस्रो साता टी-२० शृंखलाका लागि बंगलादेशको टोली नेपाल आउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गर्दै बंगलादेशको टोली नेपालमा क्रिकेट खेल्न आउन लागेको जनाएको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा नेपाल र बंगलादेशबीच तीन वटा टी-२० खेल हुने उल्लेख छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र बंगालदेशबीच पहिलो खेल आउँदो चैत १२ गते हुनेछ। त्यस्तै, दोस्रो खेल चैत १४ र तेस्रो खेल चैत १६ मा हुनेछ।

क्यान र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को संयुक्त पहलमा टी-२० शृंखला आयोजना हुन लागेको खड्काले जनाएका छन्। यसले दुई देशको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने जनाइएको छ।


प्रतिकृया दिनुहोस्