Skip

Hamro Sanchar

एलए ड्र्यागन्सले जित्यो नेपाल स्कुल फुटबल लिगको उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं। नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को उपाधि एलए ड्र्यागन्सले जितेको छ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार राति सम्पन्न ग्राण्ड फिनाले खेलमा आरबीएस रेड पाण्डालाई २–० गोल अन्तरले पराजित गर्दै एलए ड्र्यागन्सले उपाधिमाथि कब्जा जमाएको हो।

प्रतियोगिताभर उत्कृष्ट र प्रभावकारी प्रदर्शन गर्दै आएको एलए ड्र्यागन्सले फाइनलमा पनि आफ्नो दबदबा कायम राख्दै जित हासिल गर्‍यो भने आरबीएस रेड पाण्डा उपविजेतामा सीमित भयो।

कुल ८ टोलीको सहभागिता रहेको यस लिगका खेलहरू निकै प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएका थिए। तीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्दै एलए ड्र्यागन्स फाइनलमा पुगेर अन्ततः च्याम्पियन बन्न सफल भएको हो ।


प्रतिकृया दिनुहोस्