Skip

Hamro Sanchar

कागेश्वरी मनोहरामा २६ सयमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २६ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ ले उपभोक्तालाई बढी मूल्यमा ग्यास बेचेको पाइएपछि कारबाही गरिएको छ ।

सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने उक्त पसललाई सरकारले ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार ‘अनिल किराना पसल’ ले उपभोक्तालाई बढी मूल्यमा ग्यास बेचेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।

विभागका सूचना अधिकारी अनिल किरातीले उक्त पसलले सरकारले तोकेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको फेला परेको बताए ।

एक सिलिन्डर ग्यासको मूल्य भने २ हजार ६० रुपैयाँ रहेको छ ।

उपभोक्ता ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम उक्त किराना पसललाई तत्काल ३ लाख रुपैयाँ जरिबाना तिराइएको सूचना अधिकारी किरातीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्