Skip

Hamro Sanchar

बाढी पीडितको लागी गोल्छा च्यारिटी ट्रस्टको १ करोड ११ लाख रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौँ । गोल्छा परिवारले परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग गरेको छ।

उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुने ट्रस्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रतिसहानुभूति प्रकट गर्दै ट्रस्टले संकटको घडीमा राष्ट्रको साथमा उभिने आफ्नो प्रतिबद्धता जनाएको छ ।


प्रतिकृया दिनुहोस्