२३ भदौ, काठमाडौं । भायनेट कम्युनिकेसन्स लिमिटेडले बाढी पीडितको लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा बाढीबाट प्रभावितहरुको राहत, उद्धार र पुनर्स्थापनामा सघाउन कम्पनीले उक्त रकम कोषमा योगदान गरेको हो।
यसबाट कम्पनीले संकटको समयको मानवीय सहायता प्रयासमा थप बल पुग्ने उल्लेख गरेको छ। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा सम्बन्धित परिवारहरुमा समवेदना समेत व्यक्त गरिएको छ।
उक्त रकम बराबरको चेक कम्पनीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ ।




























