२३ भदौ, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तीन लाख एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ । यसदिन चाँदी तोलामा चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




























