Skip

Hamro Sanchar

एकै दिन तोलामा ८ हजार ८ सयले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

१७ भदौ, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ८५ रुपैयाँले घटेको हो ।

मगलबार प्रतितोला ३ लाख ६ हजार १०० रहेको सुनको मूल्य आज घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य पनि आज घटेर ४ हजार ५ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्