१५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड बढी रकम सहयोग उपलब्ध गराइएको छ ।
मुलुकमा आइलागेको प्राकृतिक विपत्तिका कारण पीडित भएकाहरूको उद्धार, राहत र पुनःस्थापनामा सघाउ पुर्याउने उद्देश्यले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग कोषमा जम्मा गरिएको हो ।
महामन्त्री आचार्यका अनुसार यो सहयोग उनको व्यक्तिगत, अस्मिता पब्लिकेसन, काका मनोजकुमार शर्मा र परिवारका तर्फबाट संयुक्त रूपमा प्रदान गरिएको हो ।
विपद्को यो कठिन घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै महामन्त्री आचार्यले उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै उनले यस सङ्कटको सामना गरिरहेका सम्पूर्ण नेपालीमा धैर्य र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् ।
































