१५ भदौ, काठमाडौं । हिजो तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ आज पनि घटेको छ।
सुनको मूल्य आज तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजारमा झरेको थियो।
यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो।
सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५ सय रुपैयाँ घटेको छ।
त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर छ। हिजो तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको चाँदीको भाउ आज सोही मूल्यमा स्थिर रहेको हो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।
































