Skip

Hamro Sanchar

तोलामा एकैदिन साढे ९ हजार घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी आज तोलामा १८५ रुपैयाँ घटेको छ । शुक्रबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिकृया दिनुहोस्