Skip

Hamro Sanchar

बाढी प्रभावितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ।

आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,चन्द्रागीरी हिल्स, डिसहोम, भेन्चर हायर पर्चेज लिमीटेड, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन लगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ ।

त्यस्तै, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बरावरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ ।

यसैगरी आइएमइले संसारभरीबाट सहयोग रकम नेपाल पठाउन निस्शुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ भने खल्ती वाइ आइएमई मोवाइल वालेटमार्फत समेत सरकारको कोषमा सिधै रकम निशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ ।

साथै, आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ।

आइएमई ग्रुपले अकल्पनीय विपदमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।


प्रतिकृया दिनुहोस्