१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रसुवाकाे विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनरुत्थानका लागि तीस लाख रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त सहयोग रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै क्यानले उद्धार, राहत तथा पुनरुत्थानका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।






























