Skip

Hamro Sanchar

बाढीपीडितलाई युरोपेली आयोगको २ मिलियन युरो मानवीय सहायता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी हुन् ।

उनले शुक्रबार एक्समा लेखेकी छन्, “विनाशकारी आकस्मिक बाढीबाट प्रभावित सबैप्रति मेरो गहिरो सहानुभूति छ। सबैभन्दा बढी प्रभावित परिवार र समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउन युरोपले नेपालका लागि €२ मिलियन तत्काल मानवीय सहायता प्रदान गर्दैछ। युरोप तपाईंहरूसँगै छ।


प्रतिकृया दिनुहोस्