Skip

Hamro Sanchar

तोलामा २४ सय रुपैयाँ घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ,काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ।

बिहिवार प्रतितोला १ हजार २ रुपैयाँ घटेको सुनको भाउ आज २ हजार ४ सय घटेर तोलाको ३ लाख १८ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको ३ लाख २० हजार ९ सय रुपैयाँ थियो।

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदीको मूल्य तोलाको चार हजार ९६५ रुपैयाँमै स्थिर रहेको हो।

त्यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


प्रतिकृया दिनुहोस्