Skip

Hamro Sanchar

आज सामान्य घट्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा सुन प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन सोही परिणामको सुन तीन लाख २२ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला चार हजार ९०० मा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिकृया दिनुहोस्