Skip

Hamro Sanchar

नेपाल भलिबल लिगको ट्रफी अनावरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ७ गते


Advertisement

७ भदौ, काठमाडौं । नेपाल भलिबल लिग ९एनभीएल०को आधिकारिक ट्रफी अनावरण गरिएको छ ।

ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको छ ।

‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो।त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ ।

ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ ।


प्रतिकृया दिनुहोस्