Skip

Hamro Sanchar

तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ७ गते


Advertisement

७ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ८०० रुपैयाँले महँगीएको हो ।

आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिकृया दिनुहोस्