Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डाँछीमा माइक्रोको ठक्करबाट वृद्धको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

चाबहिल–साँखु सडकखण्डअन्तर्गत डाँछीमा बिहीबार दिउँसो करिब साढे ३ बजे गोल्डेन बासुकी समिति अन्तर्गतको विद्युतीय माइक्रोबसको ठक्करबाट स्थानीय ६९ वर्षीय शंकर कुइकेलको मृत्यु भएको हो।

बागमती प्रदेश ०१–००२ ज ९५८८ नम्बरको इभी माइक्रोबसले कुइकेललाई ठक्कर दिएको थियो दुर्घटनामा गम्भीर घाइते भएका कुइकेलको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि स्थानीयवासीले उचित क्षतिपूर्ति र दोषीलाई कडा कारबाहीको माग गर्दै चाबहिल–साँखु सडकखण्ड अवरुद्ध गरेका छन्। माग पूरा नभएसम्म सडक अवरुद्ध जारी राख्ने स्थानीयवासीले बताएका छन्।

मृतकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।


प्रतिकृया दिनुहोस्