२६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ नियुक्त भएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा ९२० को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई नियुक्त गरिएको हो ।
दुवैको कार्यकाल ४ वर्षको हुनेछ । उनीहरुलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा सोमबार नियक्तिपत्र हस्तान्तरण गरेका थिए ।
धनीराम पूर्वराष्ट्रिय धावक हुन् । भने ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन् ।































