Skip

Hamro Sanchar

आज सामान्य बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ ।

मूल्य बढेसँगै आज सुन तोलामा दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर चार हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।


प्रतिकृया दिनुहोस्