Skip

Hamro Sanchar

काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन, काठमाडौं । महिलातर्फको काभा च्याम्पियन्स लिग आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १–७)सम्म नेपालमै हुने भएको छ ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले यस्तो निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार संघको बैठकले २०८३र०८४ को वार्षिक कार्यक्रम पारित गरी सार्वजनिक गर्ने निर्णय गर्नुका साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई अनुमोदन गरेको छ।

यसका साथै, संघ स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यस वर्षलाई विशेष रूपमा ‘गोल्डेन जुबली’ का रूपमा भव्यताका साथ मनाउने निर्णयसमेत गरिएको छ।

संघको आसन्न १३औँ चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज १५ गतेभित्र देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ।


प्रतिकृया दिनुहोस्