Skip

Hamro Sanchar

तोलामा १ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ। गएको शुक्रबार बढेको सुनको मूल्य आज घटेको हो।

सुनको मुल्य आज तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय कायम भएको छ।

यसअघि गएको शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको २ लाख ८५ हजार रुपैयाँ पुगेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर ४ हजार ३ सय १५ रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


प्रतिकृया दिनुहोस्