Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समात्दै थिए : सर्पले डसेर गयो २३ वर्षीय युवकको ज्यान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २० गते


Advertisement

२० असार, अर्घाखाँची । अर्घाखाँचीमा सर्पले डसेर एक युवकको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–१, चिदिकाका २३ वर्षीय पुष्कर कुमालको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार शुक्रबार साँझ घर नजिकै फेला परेको सर्प समात्ने क्रममा कुमाललाई डसेको थियो ।

शनिबार बिहान मात्रै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लामिछानेले बताए । कुमाल तालिमप्राप्त सर्प उद्धारकर्मी नरहेको खुलेको छ ।

घटनापछि प्रहरीले पछिल्लो समय पहाडी जिल्लामा समेत विषालु सर्प फेला पर्न थालेकाले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्