Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घट्यो गाडी भाडा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १८ गते


Advertisement

१८ असार, काठमाडौं । इन्धनको मुल्य घटेपछि गाडी भाडा पनि घटेको छ । इन्धनको मूल्यमा भारी कटौती भए पनि यातायात भाडादर भने २ प्रतिशत मात्रै घटेको हो ।

वैशाख १२ गते तत्कालीन समयमा पूर्णरूपमा बढ्नुपर्ने भाडादर नबढेको र इन्धनको मूल्यमा भएको समायोजनलाई मध्यनजर गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा हाललाई २ प्रतिशत भाडा घट्ने भएको हो।

यातायात व्यवस्था विभागका अनुसार आज असार १८ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भएर (राष्ट्रियस्तरका रुट) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर घटाइएको जनाएको छ।

विभागले यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा समान २र२ प्रतिशत समायोजन गरेको छ। इन्धनको मूल्य घट्नुलाई स्वचालित समायोजनको आधार भनिएको छ।

विभागले यात्रुवाहक सवारीमा ९.८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १२.९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १४.३ प्रतिशतले भाडा बढ्नुपर्नेमा सबै प्रकारका सवारीसाधनको भाडादर ५ प्रतिशत मात्रै बढाएकाले अहिले भाडादर कम घट्न पुगेको दाबी गरेको छ।

 


प्रतिकृया दिनुहोस्