Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विदेश पठाइदिन्छु भन्दै ६५ लाख ठग्ने ५ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १७ गते


Advertisement

१७ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो।

अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट रु ५० हजार, ललितबहादुरले कोसोभो पठाइदिने भनेर रु दुई लाख ५० हजार, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट रु १५ लाख, रामदासले युएईको रोजगारीको प्रलोभनमा सात जनाबाट रु ४५ लाख र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट रु २० लाख ठगेका थिए।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो। कारबाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्याइएको छ ।


प्रतिकृया दिनुहोस्