Skip

Hamro Sanchar

उरुग्वेलाई विश्वकपबाट आउट गर्दै स्पेन बन्यो  समूह एच को विजेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १३ गते


१३ असार, काठमाडौं । विश्वकपमा उरुग्वेलाई हराउँदै स्पेन समूह एच को विजेता बनेको छ ।

उरुग्वेलाई स्पेनलाई १-० ले हराएको हो । स्पेनका लागि एलेक्स बेनाले गोल गरे । यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, साउदी अरबलाई ४-० ले पराजित गरेको थियो

तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १-१ र केपभर्डेसँग २-२ को बराबरी खेल्दै तालिकामा २ अंक जोडेको थियो । तालिकामा दुई अंकमात्रै हुँदा उरुग्वे बाहिरिएको हो ।

केपभर्डे र साउदी अरबबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा केपभर्डेले तीन अंक जोडेको छ । गोल अन्तरका कारण केपभर्डे साउदीभन्दा एकस्थान माथि हुने भएको छ । केपभर्डेले यसअघि स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो ।

साउदी अरब तालिकाको तेस्रो स्थानमा परेको छ । तीन अंकसहित साउदी तेस्रो स्थानमा परेको हो  ।


प्रतिकृया दिनुहोस्