
३० जेठ, काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो । गएराति उनलाई पक्राउ गरिएको हो ।
साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन् ।
जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए ।






























