Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २६ गते


Advertisement

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना मन्त्रीलाई सरकारमा भित्र्याएका छन्। नवनियुक्त गृह मन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

गुरुङ यसअघि पनि गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि छानबिन प्रक्रियाबाट सफाइ पाएपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्।

यता महावीर पुन यसअघि पनि सरकारमा मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्। चुनावअघि मन्त्री पद त्यागेर निर्वाचनमा सहभागी भएका पुन अब पुनः सरकारमा फर्किएका हुन्।

गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गुरुङ र म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुनको नियुक्तिसँगै मन्त्रिपरिषद्ले नयाँ स्वरूप पाएको छ।


प्रतिकृया दिनुहोस्