
२० जेठ, काठमाडौँ । रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौँमा मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट बराइलीको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण),महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेस प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम) र बागमती प्रदेशबाट सुशील दर्नाल (रासस)निर्वाचित भएका छन् ।
यसैगरी, नरभूपाल विक (गण्डकी प्रदेश), मानसिंह विक (म्बिनी प्रदेश), टेकेन्द्र रसाइली (कर्णाली प्रदेश) र प्रेम विक (सुदूरपश्चिम प्रदेश) र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् ।
महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा र कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराइलीले जानकारी दिए ।






























