Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिकटकर तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ, नेपाल ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


Advertisement

१७ जेठ, काठमाडौँ । टिकटकर तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो।

अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ।

उनीलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मार्फत रेड नोटिस जारी गरिएको थियो।

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

तुल्सा कलेक्सन प्रालि की सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ‘ब्ल्याकमेल’ गरेको आरोप छ।

पीडित व्यवसायीले अधिकारीले आफूबाट ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद र जिन्सी लिएको दाबी गरेका छन्।


प्रतिकृया दिनुहोस्