Skip

Hamro Sanchar

कांग्रेसका सांसद केसीको माग : संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन् ।

आयोगमा संविधानविद्, राजनीतिक दल, प्रशासनिकविज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने धारणा राखे ।

वृहत राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्नसक्ने उल्लेख गरे ।


प्रतिकृया दिनुहोस्