Skip

Hamro Sanchar

यूएईविरुद्ध नेपालको ६ रनको रोमाञ्चक जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १८ गते


१८ बैशाख, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा यूएईविरुद्ध नेपाल विजयी भएको छ ।

त्रिवि मैदानमा नेपालले ६ रनको रोमाञ्चक जित निकालेको हो ।

खेलको नतिजाका लागि अन्तिम बलसम्म कुर्नुपरेको थियो । वर्षाले प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो । यूएई ३८ ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रनमा रोकियो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको थियो । नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा १०० रन प्रहार गरे ।

त्यस्तै, विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, रोहित पौडेलले ३९ र अर्नुज कुमालले ११ रन प्रहार गरे । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २–२ तथा खुजैमा बिन तन्वीर र हैदर अलीले १–१ विकेट लिए ।


प्रतिकृया दिनुहोस्