Skip

Hamro Sanchar

यूएईसँग नेपाल ६ विकेटले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ८ गते


८ बैशाख, काठमाडौं । यूएईसँगको टी-२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण केही समय खेल रोकिएपछि यूएईले डिएल मेथडका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य यूएईले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए भने अलीशान शराफूले १८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे ।

यसअघि नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ तथा सन्दीप लामिछाने २ रनमा अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, सन्दीप जोराले ६, कुशल मल्लले १७, बसिर अहमदले १४, गुल्सन झाले १, नन्दन यादवले १३ रन बनाए ।

यूएईका लागि मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे । साएद हैदर र मुहम्मद अरफानले समान १-१ विकेट लिए । नेपाल र यूएईबीचको दोस्रो टी-२०आई खेल मंगलबार हुनेछ ।


प्रतिकृया दिनुहोस्