Skip

Hamro Sanchar

एमालेको ज्ञाापनपत्र बुझ्दै काठमाडौंका सीडीओ : राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलन दिँदैनौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन् ।

आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर, हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताए ।

आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ । उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने बताए ।


प्रतिकृया दिनुहोस्