Skip

Hamro Sanchar

ओली र लेखकमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले माग्यो १० दिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले दुवैलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेपछि अहिले बहस भइरहेको छ ।

न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको हो । लेखक उपस्थित भए पनि स्वाथ्यको कारण ओली भर्चुअल रूपमा उपस्थित हुँदै छन् ।


प्रतिकृया दिनुहोस्