
काठमाडौं । काठमाडौँमा प्रदर्शनमा उत्रिएका नेकपा(एमाले)का कार्यकर्ता र प्रहरीबीच विभिन्न स्थानमा घम्साघम्सी भएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन्।
आज अपराह्न माइतीघर मण्डलमा भेला भएका एमाले कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन्।
माइतीघरबाट नयाँ बानेश्वरतिर लागेका एमाले कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भएको हो। एमाले कार्यकर्ताले पक्राउको विरोध गर्दै नाराबाजी गरिरहेका छन् ।
नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ ।
यस्तै झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीको लाठीचार्ज बाट एमालेका कार्यकार्ता घाइते भएका छन ।
लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।














