Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओली र लेखकको पक्राउलाई लिएर केजरीवालको टिप्पणी : विगतका ‘कुकर्म

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १४ गते


Advertisement

काठमाडौँ । नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का संस्थापक अरविन्द केजरीवालले प्रतिक्रिया जनाएका छन् ।

यो घटनालाई लिएर केजरीवालले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, “नेपाल के पूर्व प्रधान मंत्री और गृह मंत्री अपने पुराने कुकर्मों की वजह से गिरफ़्तार” ।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि आज बिहान पक्राउ गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।


प्रतिकृया दिनुहोस्