Skip

Hamro Sanchar

अध्यक्ष ओलीको पक्राउ विरुद्ध सडकमा उत्रियो एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १४ गते


काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले सडकमा उत्रिएको छ । अध्यक्ष ओली पक्राउको विरोधमा एमालेले संघीय राजधानी काठमाडौंबाट प्रदर्शन सुरू गरेको छ ।

ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् ।


प्रतिकृया दिनुहोस्