Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई अमेरिकाको बधाई : सहकार्य गर्न उत्सुक छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते


काठमाडौं । नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो।

दूतावासले भनेको छ, ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई।अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।’

अमेरिकाले नेपालसँग सहकार्यका लागि तयार रहेको बताएको छ ।


प्रतिकृया दिनुहोस्