काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि आज महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले बताइन् ।...
काठमाडौं । काठमाडौँबाट दोलखा उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ। मध्यान्ह १२ः१७ मा काठमाडौँबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकृत ज्ञानेन्द्र भूलले पाइलट सहित हेलिकप्टरमा पाँच जना सवारी रहेको जानकारी दिए। उनका अनुसार ९ एन–एएनओ कल साइनको हेलिकप्टर बेपत्ता भएको हो।...
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले...