
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो। पदभार ग्रहणपछि मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बैठकमा सहभागी भएका छन्।
शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले पनि शपथ लिएका लिइसकेका छन्।
आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ ।














