Skip

Hamro Sanchar

५६ सयले बढ्यो सुनको मुल्य, चाँदी ६ हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १८ गते


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन १८) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्