Skip

Hamro Sanchar

तोलामा १५ सयले घट्यो सुनको भाउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


काठमाडौं । नेपाली बजारमा बुधबार (फागुन ६)सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १५ सय रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला तीन लाख ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन (फागुन ५)तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर चार हजार ८८० निर्धारण भएको छ ।

अघिल्लो दिन चार हजार ८८५ रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्