
काठमाडौं । नेपाली बजारमा सोमबार (फागुन ४) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख दुई हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ ।
आइतबार तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको सुन यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।










