Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वेस्ट इन्डिजसँग खेल्नुपुर्व मुख्य प्रशिक्षकले भने : कुनै भुल स्वीकार्य हुने छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २ गते


Advertisement

काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्दा नेपाललाई निकै कठिन हुने नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट लले बताएका छन्।

लगातार दुई खेल हारेको नेपाल आफ्नो तेस्रो खेल आइतबार मुम्बईको वानखेडे रंगशालामा वेस्ट इन्डिजसँग खेल्दै छ।

त्यसअघि आज शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वेस्ट इन्डिजविरुद्धको खेल पनि नेपालका लागि चुनौतीपूर्ण हुने चेतावनी दिएका हुन्।

‘इटालीविरुद्धको खेल वास्तवमै निराजशान रह्यो। इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा जसरी खेलेका थियौँ, त्यसको ठिक विपरीत रह्यो। त्यस हारमा माफी दिन सकिन्न। हामीले त्यस खेलपछि खेलाडीसँग कुराकानी गरेका छौँ पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक स्टुवार्ट लले भने, वेस्ट इन्डिजको सामना गर्दा हाम्रो टिमबाट कुनै प्रकारको भुल स्वीकार्य हुने छैन।’

उनले इंग्ल्यान्डविरुद्धको खेल अन्तिम बलसम्म पुगेको उल्लेख गर्दै त्यसमा गर्व लागेको बताए।

विश्वकपजस्तो ठुला प्रतियोगितामा धेरै दबाब हुन स्वाभाविक हुने उल्लेख गर्दै उनले थपे, ‘मैले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप खेलेको छु, त्यसैले यति ठुलो प्रतियोगिता खेल्दा कति दबाब हुन्छ, त्यो मलाई राम्रोसँग छ।’

यस क्रममा मुख्य प्रशिक्षक लले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउने हो भने घरेलु प्रतियोगिता थप व्यवस्थित र सुदृढ बनाउनुपर्ने सल्लाह दिए।

‘नेपाली क्रिकेटलाई प्रथम श्रेणीको क्रिकेट आवश्यक छ उनले भने नेपाली खेलाडी धेरै दिनको खेल खेल्न अभ्यस्त हुनुपर्छ।’


प्रतिकृया दिनुहोस्