Skip

Hamro Sanchar

भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २४ गते


काठमाडौं । साविक विजेता बंगलादेशलाई हराउँदै भारतीय युवा टोलीले साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि उचालेको छ।

पोखरा रगंशालामा शनिबार सम्पन्न फाइनलमा बंगलादेशलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतले उपाधि जितेको हो।

यू–१९ च्याम्पियनसिपमा भारतले तेस्रो पटक उपाधि हात पारेको हो। भारतले यसअघि सन् २०२२ र २०२४ मा उपाधि जितेको थियो।

भारतसँगको हारले बंगलादेश भने उपाधि रक्षा गर्नबाट बन्चित भएको छ। बंगलादेशले सन् २०१८,२०२१,२०२३,२०२४ र २०२५ मा उपाधि उचालेको थियो।

सन् २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई विजेता घोषणा गर्दै संयुक्त रुपमा उपाधि दिएको थियो।

एकपक्षीय खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो।

पहिलो हाफको ४२ औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ६३ औँ मिनेटमा एलिजावेथ लार्काको गोलमा भारतले अग्रता दोब्बर पार्यो।

त्यसको पाँच मिनेटमा नै पर्ल फर्नान्डेजको गोलमा बंगलादेशविरुद्ध भारतले ३–० को आरामदायी अग्रता बनायो।

८३ औँ मिनेटमा अंविता रघुरमनको गोलमा भारतले ४–० जित हात पारेको हो।

च्याम्पियनसिपमा बंगलादेश अपराजित रहँदै फाइनल खलेको थियो। बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन्।

घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थानमा रहे


प्रतिकृया दिनुहोस्