Skip

Hamro Sanchar

टी–२० क्रिकेट विश्वकप आजदेखि : पहिलो दिन तीन खेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २४ गते


काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपमा आज पाकिस्तानले उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा हुनेछन् ।

पाकिस्तान आईसीसीको पूर्ण सदस्यता प्राप्त राष्ट्र हो । यस संस्करणमा पाकिस्तानले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपमा स्थान बनाएको आठ शीर्ष टिम सोझै छनोट हुने प्रावधानबाट स्थान बनाएको हो ।

नेदरल्यान्ड्सले भने विश्वकपको यूरोपियन क्षेत्रीय छनोटबाट विश्वकपमा प्रवेश गरेको हो । यी दुईबीचको प्रतिस्पर्धा श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेसे स्पोर्टस क्लब क्रिकेट मैदानमा नेपाली समयानुसार विहान ११ः१५ बजे हुनेछ ।

दुवै टोली प्रतियोगिताको समूह ‘ए’मा छन् । यो समूहमा उनीहरूसँगै भारत, नामिबिया र अमेरिका छन् ।

आजै विश्वकपमा अन्य दुई खेल पनि हुँदै छन् । विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा दुई पटकको विजेता वेस्ट इन्डिजले स्कटल्यान्डसँग खेल्दै छ । खेलमा दुवै टोली सुखद् सुरुआतको खोजिमा हुनेछन् ।

वेस्ट इन्डिज आईसीसीको पूर्ण सदस्यता प्राप्त राष्ट्र हो । वेस्ट इन्डिले सन् २०२४ मा घरेलु मैदानमा सम्पन्न विश्वकपका आठ शीर्ष राष्ट्र सोझै छनोट हुने प्रावधानबाट विश्वकपको टिकट काटेको हो ।

स्कटल्यान्ड भने बंगलादेशले भारतमा विश्वकप नखेल्ने अडान लिएपछि, बंगलादेशेको स्थानमा विश्वकपमा स्थान बनाएको हो ।

स्कटल्यान्ड आईसीसीमा एशोसियट राष्ट्रको रुपमा छ । यसअघि भएको यूरोपियन क्षेत्रीय छनोटबाट बाहिरिएको स्कटल्यान्डलाई बंगलादेशका कारण आईसीसीले विश्वकप खेल्ने मौका दिएको थियो ।

यी दुईबीचको प्रतिस्पर्धा भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा नेपाली समयनुसार दिउसो ३ः१५ बजे हुनेछ । यस संस्करणमा यी दुवै टोली समूह ‘सी’मा छन् । समूहमा उनीहरूसँगै नेपाल, इटाली र इंग्ल्यान्ड छन् ।

आजै हुने तेस्रो खेलमा घरेलु टोली भारतले अमेरिकाको सामना गर्दै छ । खेलमा यी दुवै राष्ट्र विजयी सुरुआतको खोजिमा हुनेछन् ।

भारतले आयोजकका रूपमा यस संस्करण खेल्न लागेको हो । श्रीलंकाको सहआयोजनमा भारतले यस वर्ष विश्वकप आयोजना गरेको हो । अमेरिकाले भने सन् २०२४ मा सम्पन्न विश्वकपको शीर्ष ८ राष्ट्रमा परेकाले सोझै छनोट हुने प्रावधानबाट विश्वकपमा छनोट भएको हो ।

यी दुईबीचको प्रतिस्पर्धा मुम्बईस्थित बांखडे क्रिकेट रंगशालामा नेपाली समयानुसार राति ७ः१५ बजे हुनेछ । यस संस्करण उनीहरू समूह ‘ए’मा छन् । समूहमा उनीहरूसँगै नामिबिया, अमेरिका र पाकिस्तान छन् ।


प्रतिकृया दिनुहोस्